क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध
एजेन्सी । विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो । कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाई छ ।
मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागू भएको हो ।
क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म नौ हजार २९७ जनाको मृत्यु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण