चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्यो संयुक्त तयारी
चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ ।
यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ । वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन् ।
एलएसीमा सेनाको ट्याङ्क पुग्योः
लद्दाख क्षेत्रमा तैनाथ वायुसेनाका एक वरिष्ठ कमान्डरले भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा वायुसेना हेडक्वार्टरको आदेश अनुसार लद्दाख क्षेत्रमा तैनाथ सेना र अन्य सुरक्षा बललाई जे जति आवश्यकता छ, त्यो पुर्याउनु पर्ने जानकारी दिए । एलएसी नजिकै सेनाका ट्याङ्क पनि युद्धाको तयारीका लागि पुगिसकेका छन् । त्यहाँ वायुसेनाका चिनूक र एमआई–१७ वी ५ एस हेलिकोप्टर तैनाथ गरिएका छन् ।
यसले एलएसीमा लगातार उडान भरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण