अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलरले पायो सबैभन्दा धेरै भ्यू, रेकर्ड राख्यो
अक्षय कुमार र कियारा आडवाणी अभिनित लक्ष्मी बमको ट्रेलर सार्वजनिक भइसकेको छ । यो हरर कमेडीमा एक तेस्रोलिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयको भूमिकालाई वशमा पारेको देख्न सकिन्छ । ट्रेलरमा कमेडीका साथै ड्रामा पनि छ जसले मानिसहरुलाई निकै प्रभावित पारेको छ । लक्ष्मी बम भारतमा २४ घण्टाभित्र ७ करोड बढी भ्यूसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भयो ।
लक्ष्मी बमको ट्रेलरमा बलिउडका अन्य व्यक्तित्वले पनि प्रेम बर्साएका छन् । करण जोहर, तापसी पन्नू, भूमि पेडनेकर, कृति सनोन, कृति खरबंदा, सिद्धार्थ मल्होत्रा, वरुण धवन र अन्य थुप्रैले ट्रेलर रुचाएका छन् र सोसल मिडियामा यसबारे निकै चर्चा भइरहेको छ । राघव लरेन्सद्वारा निर्देशित, डिज्नी हटस्टार भीआइपीद्वारा प्रस्तुत, अ केप अफ गुड फिल्म्स, तुषार इन्टरटेन्मेन्ट हाउस र शबिना इन्टरटेन्मेन्टद्वारा यो फिल्म निर्मित छ ।
लक्ष्मी बमको ट्रेलर अक्षय कुमारले पनि आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेका छन् । यसलाई सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘जहाँ हुनुहुन्छ, त्यहिँ बस्नुहोस् र लक्ष्मी बमको ट्रेलर हेर्न तयार हुनुहोस् किनभने लक्ष्मी वर्षन आइरहेकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण