अफगानिस्तानमा तालिबानद्वारा १० सैनिक र ३ सर्वसाधारणको हत्या

एजेन्सी । अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् ।
हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ । उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री
-
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
-
रेड स्क्वायर र क्रेमलिन वरिपरि
-
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन, तस्बिरहरू
-
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री