भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित
शनिबार, ०१ कात्तिक २०७७, ०८ : १६
भक्तपुर – कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार ७ सय ५१ जना महिला रहेका छन् ।
अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जनालाई कोरोना निको भइसकेको छ । जसमा १ हजार २ सय ११ जना पुरुष र ९ सय २६ जना महिला शुक्रबारसम्ममा कोरोना संक्रमण मुक्त भएका हुन् ।
भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ । संक्रिय संक्रमितमा १ हजार १ सय ६ जना पुरुष र ८ सय १२ जना महिला रहेको स्वास्थ्य कार्यालयले भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण