क्राइस्टको बस्तीमा दिलमाया
कचहरीमा ताली पिटेर
निस्किएका एक हूल बगरेहरू
खसीको गर्धन नापेर
फाटेको जिन्दगी आफै टालिरहेछन् !
ठीक यहि बेला,
दिलमायाको जोवन चुँडेर
सिकारी युहन्नाहरू
ढुक्कसँग पल्टिरहेछन् - सुरक्षित कोठीहरूमा !
°°°°°°°°°°
कचहरी टुङ्ग्न्छि
र तालीहरू पनि रोकिन्छन्
तर किन होला
यो बतासको वयली नरोकिएको ?
सपना डढेका तुसारोहरूभित्र
अब कहिलेसम्म
यसरी रोइरहनु पर्छ होला
दिलमायाले नग्न वर्तमानका क्रन्दनहरू !
°°°°°°°°°°
विपन्नताहरू उनिएर
क्राइस्टको बस्तीमा ऊ बोक्सी भई !
युद्धमा पटवारसिंह ढलेर
बुद्धको खर्कमा ऊ बोक्सी भई !
अछुतको शूल गाढिएर
मनुको प्रयोगशालामा ऊ बोक्सी भई !
नुनसँगै बिर्खे बिलाएर
अल्लाहाको साम्राज्यमा ऊ बोक्सी भई !
°°°°°°°°°°
ज्ञानको दियालो निभेपछि
आफ्नै जिन्दगी चाल्नामा छानेर
चुल्ठोका शिरफूलहरू
उसले धर्मगुरुहरूलाई सभक्ति टक्र्याई !
र वर्षौंदेखि ढाँटिएर
लाचार बनेको मन्दिरको मूर्तिसामु
आफ्नो सर्वस्व गुमाएर
ठिङ्ग उभिएको पूँजीबजारको दलालझैँ
आज दिलमाया,
निरुत्तर उभिएर हेरिरहेछे - समयको ऐना !
°°°°°°°°°°
मायादेवीको गानोझैँ दुखेर
चर्किएका घाउहरूमा
आकाशको अमिलो मन झरेपछि
थाहै नपाई,
यो दूधपोखरी पनि फाट्दोरहेछ !
अन्धविश्वासका खम्बाहरू
सतीदेवीहरूको छातीमा गाडेपछि
पृथ्वी पनि आगोको ओछ्यानमा निदाउँदोरहेछ !
°°°°°°°°°°
आफ्नै जिन्दगीको नदीमाथि
अर्कैले बाँध बाँधेपछि
मनका चिसा कुलेसाहरूमा
आँसुको सुसुप्त भेलमात्र बग्दोरहेछ !
आफैंले बाटो नखनेर
अर्कैको गोरेटो हिँड्न थालेपछि
समयले यसरी नै,
मेरी दिलमायालाई बोक्सी डामिरहँदोरहेछ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण