कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास
बिन्दु कुमार चौहान
कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । स्थानीयले दिएको जानकारी अनुसार कपिलबस्तुको शुद्धोधन गाँउ पालिका वडा नं. ६ स्थित एक गाँउमा शुक्रवार साँझ साढे ६ बजे बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि दुई युवाहरुद्वारा सामूहिक बलात्कारको असफल प्रयास भएको हो ।
निज युवती गाँउ नजिकै सीमानामा बाख्रा चराइरहेको बेला एकान्तको मौका छोपी सोही ठाँउ बस्ने २१ वर्षीय रोजन मुसलमान र भारतीय नागरिक निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमानले दुपट्टाले मुख छोपी सामूहिक बलात्कार गरेका थिए । प्रतिकारको क्रममा उनी गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए ।
आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी गराए ।
कपिलबस्तु प्रहरी प्रबक्ता डीएसपी भण्डारीले ती युवाहरुको कुटाइबाट घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण