कमल थापा अस्पतालबाट डिस्चार्ज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापा आज चाबहिल स्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भए पछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक,नर्स सहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिती कर्मचारी सबैमा धन्यवाद ब्यक्त गरेका छन् ।
थापाको उपचारमा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्की लगायतको डाक्टर र नर्सहरुको टिम संलग्न रहेको थियो।
१० दिनको अस्पताल बसाइ पछि डिस्चार्ज भएका अध्यक्ष थापा बुढानिलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण