नेकपा र काँग्रेस नीतिगत भ्रष्टाचारी भए : सांसद यादव
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले नेकपा र काँग्रेस पार्टी नीतिगत भ्रष्टाचारी भएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी वीरगंज–२७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको काँग्रेस पार्टीले नीतिगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले वाईड बडी विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउँदा समेत हाल सम्म कुनै कारवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको काँग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले दुवै ठूला पार्टीहरु नै नीतिगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरे । देशमा भएका ठुलाठुला भ्रष्टाचार काण्डहरूको छानबिन हुन्छ प्रतिवेदन बुझाइन्छ तर कारवाही केही हुँदैन यही कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनले बताए ।
सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निश्चित रहेको बताए। कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण