कविता : भ्रम
-लोकेन्द्र भण्डारी
भ्रम रहेछ बा
तिमीले गरेको क्रान्ति,
मेरो चोखो प्रेम पनि चिन्न सकेन
तिम्रो क्रान्तिले ।
तिमी लडाइँको अग्रपङ्क्तिमा थियौ
जातीय विभेद सिध्याउन लडेको लडाइँ
वर्गीय विभेद सिध्याउन लडेको लडाइँ
यस्तो लाग्यो
तिमी मानव सभ्यताको
सर्वोच्च लडाइँमा थियौ
मलाई दुःख लाग्दै लागेन
जतिबेला
तिमीले ब्राह्मणहरुको टुप्पी काट्यौ
कतिको घाँटी काट्यौ
जसले जातमा विभेद गरे
जसले भातमा विभेद गरे ।
तिम्रो क्रान्तिले सिद्धान्त बदल्यो
संविधान बदल्यो
तर बदल्न सकेन
तिम्रा सोचहरु
तिम्रा विचारहरु
तिम्रा व्यवहारहरु
तिम्रा नैतिकता र आचरणहरु
आज सोचिरहेछु
तिम्रो क्रान्तिमा किन लडे होलान्
दिलबहादुर रम्तेलहरु
सेतु विकहरु
आज तिमी आफँैले हरायौ
तिम्रो क्रान्तिको भावना
तिम्रो क्रान्तिको उद्देश्य
इतिहासमै नभेटिने गरी ।
मेरो बाल मस्तिष्कमा
तिमीले नै भरिदिएको होइन र
सबैको नशामा रातो रगत बग्छ
मान्छेको जात कसरी फरक हुन्छ
त्यही कारण
मैले जात हेरिनँ बा
रगत मात्र हेरे
र
प्रेम गरेँ ।
तिम्रो सैद्धान्तिक व्याख्यामा
झुट रहेछ
कलङ्क रहेछ
त्यो भनेनौ बा
हत्या गर्यौ
मेरो प्रेमको हत्या गर्यौ
तिम्रो क्रान्तिको हत्या गर्यौ
मानव सभ्यताको हत्या गर्यौ
इतिहासको हत्या गर्यौ
तिमी अपराधी हौ बा
तिमी अपराधी हौ ।
चौरजहारी, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण