पर्यटन जगाउन ‘नेपाल साइकल यात्रा’ काठमाडौँबाट सुरु
काठमाडौं । नेपाल साइकल यात्रा टीम काठमाडौँबाट पश्चिम महन्द्रनगरतर्फ हिँडेको छ । पर्यटन व्यवसायीहरुको यो साइकल समुहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।
साइकल समुह पश्चिम महेन्द्रनगरबाट सुरु भई ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । समुहले यो यात्राममार्फत नेपाली पर्यटनलाई जीवन पदन आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साइकल यात्रीहरुको समुहलाई वोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीले बोर्डको कार्यालय, भृकुटीमन्डपबाट बिदाई गरेका हुन् । वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए) को सहयोगमा हुन लागेको कम्तीमा तीन साताको साइकल यात्रापश्चात समूह काठमाडौँ फर्किने छ ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
साइकल समुहमा विश्व साइकलयात्री शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, सीएन पान्डे, लक्ष्मी श्रेष्ठ, पत्रकार अशोक सिलवाललगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुनेछ । कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन गरेको यो सांकेतिक साइकल प्रयास हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण