भारतीयलाई नागरिकता दिन सिफारिस बनाइदिएका वडाध्यक्ष धरौटीमा रिहा
काठमाडौँ । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत कैलालीले वडाध्यक्ष जोशीलाई २५ हजार धरौटीमा रिहा गरेको हो ।
वडाध्यक्षसँगै पक्राउ परेका अन्य तीन जनामध्ये एक जनालाई साधारण तारेखमा छोडिएको छ भने दुई जना कारागार चलान भएका छन् । वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए । वडाध्यक्ष जोशी १४ कात्तिकमा पक्राउ परेका थिए ।
झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी र अन्सारीलाई दाई बनेर नागरिकता दिलाउन सहयोग गर्ने खुसीराम चौधरी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । चौधरी अदालतले मागेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।
यस्तै भाउजु बनेर नागरिकता बनाउन सहयोग गर्ने गीता चौधरीलाई जिल्ला अदालत कैलालीले साधारण तारेखमा छोड्न आदेश दिएको छ । त्यस्तै घटनामा संलग्न धनगढी उपमहानगरपालिका– १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने अझै फरार छन् ।
अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको थियो ।
२० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई प्रहरीले पक्रेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण