अफगानिस्तानमा विस्फोट, ६ सर्वसाधारणको मृत्यु, १४ घाइते
एजेन्सी । अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी छ जना सर्वसाधारणको ज्यान गएको छ । सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गर्नुभएको छ ।
कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो । सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो ।यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् ।
पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि शुरु गरेका थिए । उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण