तोड्ने होइन, जोड्ने काम गर्नेछुः बाइडेन
जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’
बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए ।
बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन् । बाइडेनले भने, ‘सोमबार म एक समूहको घोषणा गर्नेछु । जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले हाम्रो कोभिड योजनाको विषयमा काम गर्नेछ । यो योजनालाई जनवरी सन् २०२० देखि लागू गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण