बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तोड्ने होइन, जोड्ने काम गर्नेछुः बाइडेन

आइतबार, २३ कात्तिक २०७७, ०८ : १६
आइतबार, २३ कात्तिक २०७७

जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’

बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए ।

बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन् । बाइडेनले भने, ‘सोमबार म एक समूहको घोषणा गर्नेछु । जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले हाम्रो कोभिड योजनाको विषयमा काम गर्नेछ । यो योजनालाई जनवरी सन् २०२० देखि लागू गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप