पाकिस्तानमा कोरोनाका कारण एकैदिनमा सबैभन्दा धेरै ३४ को मृत्यु
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ ।
यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनमा ३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । अधिकारीहरुका अनुसार पाकिस्तानमा अहिलेसम्म सात हजार ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । महामारी फैलिएको झण्डै नौ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल एक हजार ८०८ जनाको मृत्यु भएको पनि केन्द्रले जनाएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख ४९ हजार ९९२ जना रहेका छन् ।
अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख २० हजार ८४९ जना भने कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भइसकेका छन् । केन्द्रले दिएको जानकारी अनुसार बाँकी २२ हजार ८८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेकाले उनीहरुको उपचार भइरहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण