शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै

शुक्रबार, २८ कात्तिक २०७७, १४ : २१
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच  बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । 

नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बङ्गलादेशको ढाकामा रहेको छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप