गाजाबाट इजरायलतर्फ दुई रकेट प्रहार
एजेन्सी । गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ ।
इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई ओटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो ।
सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको सो डिफेन्स फोर्स्ले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ । सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ । –एनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण