बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

लन्डन – बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सोमबार साँझसम्म ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर कोरोना संक्रमणका कारण मृत्यु भएको गरिएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख ९० हजार ६८१ पुगेको छ । सोमबार सांझा सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाकोरोना संक्रमितको हस्पिटलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा