बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो
लन्डन – बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सोमबार साँझसम्म ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर कोरोना संक्रमणका कारण मृत्यु भएको गरिएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख ९० हजार ६८१ पुगेको छ । सोमबार सांझा सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाकोरोना संक्रमितको हस्पिटलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण