आमिर खानका भाञ्जा इमरान खानले छोडे अभिनय, साथीले दिए जानकारी
आमिर खानका भाञ्जा इमरान खानले अभिनय छोडेको उनका साथीले जानकारी दिएका छन् । नायक अक्षय ओबरोयले हालै इमरानले अभिनय छोडेको जानकारी भारतीय मिडियालाई दिएका हुन् । उनले इमरानले अभिनय छोडिसकेकोले अब उनलाई फिल्मको पर्दामा देख्न नसकिने बताए ।
अक्षयले साथी इमरानको तारिफ गर्दै भविष्यमा उनलाई एक लेखक वा निर्देशकको रुपमा देख्न सकिने पनि सम्भावना व्यक्ति गरे । अक्षयले इमरानको सिनेमा बारे बुझाई निकै राम्रो भएको बताए ।
अक्षयले एक वेबसाइटसँगको कुराकानीमा भने, ‘मेरा अति नै प्रिय साथी इमरान खान हुन् जसले अब अभिनय गर्दैनन् किनभने उनले अभिनय छोडिदिएका छन् । इमरान मेरा त्यस्ता साथी हुन् जसलाई म बिहान ४ बजे फोन गरेर पनि कुरा गर्न सक्छु । म र इमरान विगत १८ वर्षदेखि सँगै छौं । हामी दुबैले सँगै अभिनय पढेका थियौं ।’
अक्षयले थपे, ‘इमरानले अभिनय छोडेका त छन् तर मलाई थाहा छ कि उनी राम्रा लेखक र निर्देशक हुनसक्छन् । उनले आफ्नो फिल्म कहिले निर्माण गर्लान् भनेर मलाई थाहा त छैन । तर जब उनले फिल्म बनाउनेछन् तब शानदार बनाउनेछन् किनभने सिनेमाप्रति उनको बुझाई र सोच निकै उच्च छ ।’
स्मरण रहोस्, केही दिन अघि इमरान आफ्नो नीजि जीवनका कारण चर्चामा आएका थिए । इमरान र श्रीमती अवन्तिक अलग हुन
चर्चा चलेको थियो । यद्यपि, दुबैले यसबारे केही पनि टिप्पणी भने गरेका छैनन् ।
यस्तै अवन्तिकाकी आमालाई जब यसबारे सोधियो तब उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘हामी सबै यो खबर पढिरहेका छौं, तर वास्तविकता यस्तो होइन । केही समस्या पक्कै छन् तर यसलाई सुल्झाउने कोसिस गरिँदैछ ।’
स्मरण रहोस्, इमरान र अवन्तिकाले सन् २०११ मा विवाह गरेका थिए र यी दुईका इमारा नामकी छोरी छन् ।
इमरानले सन् २००८ मा फिल्म ‘जाने तू या जाने ना’ मार्फत् बलिउडमा डेब्यू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

