सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाली सैनिकले गैर कानूनी तरिकाले ३९ अफगानी सर्वसाधारणलाई मारेको रिपोर्टमा दाबी

शुक्रबार, ०५ मङ्सिर २०७७, ०९ : ३१
शुक्रबार, ०५ मङ्सिर २०७७

अष्ट्रेलियाको डिफेन्स फोर्स (एडीएफ) ले आफ्नो एक बहुप्रतिक्षित अनुसन्धान रिपोर्टमा अफगान युद्धका बेला केही अष्ट्रेलियाली सैनिकले गैर कानूनी तरिकाले २० अफगानी हत्या गरेको सटिक प्रमाण भेटेको दाबी गरेको छ । 

करिब चार वर्षसम्म चलेको एक लामो अनुसन्धानपछि अष्ट्रेलियाली डिफेन्स फोर्सले यो रिपोर्ट जारी गरेको हो । 

एडीएफको अनुसन्धान अनुसार अफगानिस्तानमा रहेका अष्ट्रेलियाली सैनिकले २३ भिन्न भिन्न घटनामा ३९ अफगानी शहरीयाको हत्या गरेको छ । यो घटना सन् २००९ देखि २०१३ को बीचको हो । 

एडीएफका अनुसार मेजर जनरल (जस्टिस ) पल ब्रेरेटनको नेतृत्वमा यी सबै घटनाको अनुसन्धान गरिएको थियो जसका लागि करिब ४ सय प्रत्यक्षदर्शीको बयान दर्ता गरियो । 

अनुसन्धानको क्रममा पल ब्रेरेटनले ‘कहिल्यै कसैको हत्या नगरेका जुनियर सैनिकलाई कैदीलाई गोली उनले हानेर आफ्नो हात सफा गर्न’ भनिएको तथ्य फेला पारे ।   

आफ्नो अपराध लुकाउनका लागि र कहानी परिवर्तन गर्नका लागि अष्ट्रेलियाली सैनिकले मारिएका निर्दोष अफगान जनतासामू जानीजानी बन्दुक र अन्य हतियार राखेको तथ्य पनि उनले आफ्नो अनुसन्धानमा पाए । 

युद्ध अपराध !

यो मामिलामा अफगानिस्तानले आफले अष्ट्रेलियाको तर्फबाट न्याय दिलाउने आश्वासन पाएको बताएको छ । 

५३१ पानाको यो अनुसन्धान रिपोर्टले हज्जारौं अफगान नागरिकको मुटु कपाउने तस्बिर पुनः ताजा गरिदिएको बताइँदै  छ ।

अष्ट्रेलियाको फौजा सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्क स्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको हमलापछि अलकायदालाई समाप्त पार्न गरिएको अन्तर्राष्ट्रिय हिस्साको रुपमा सन् २००२ मा अफगानिस्तान गएको थियो । 

सुरुवाती समयमा अन्तर्राष्ट्रिय फौजको भूमिका अफगान सैनिकलाई लडाईंका लागि तयार गर्नुपर्ने थियो तर क्रमशः उनीहरु आफैं उक्त लडाईंमा समावेश भए । 

एक समय अफगानिस्तामा अष्ट्रेलियाली एलिट फोर्सका करिब ४० हजार सैनिक उपस्थित थिए । त्यति नै बेला सैनिकद्वारा गरिएको ‘युद्ध अपराध’ अहिले आएर पर्दाफास भएको छ । 

अनुसन्धानको दायरामा रहेका केही घटनाको सुरुवाती अनुसन्धान गर्ने अनुसन्धाता डाक्टर समान्था क्रेम्पवोएट्सले यसलाई जानीजानी र पटकपटक केही मानिसहरुललाई निशाना बनाएर गरिएको युद्ध अपराध बताएकी छिन् ।
रिपोर्टमा करिब २५ अष्ट्रेलियाली सैनिकको नाम छ जसमाथि कथित रुमिा युद्ध अपराधको आरोप लगाइएको छ ।

 अनुसन्धानको क्रममा कैदी, किसान र अन्य अफगान नागरिकको हत्या गरेपछि उनीहरु नजिकै हतियार वा अन्य कुराहरु राखेर उनीहरुको मुठभेडमा मृत्यु भएको बताइएको थियो । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप