बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का

शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : १३
शुक्रबार, ०५ मङ्सिर २०७७

अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ । 

जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् । 

त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो । 

कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ । 

अमेरिकाको इलेक्टोरल कलेज सिस्टम अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जीतका लागि २७० मत हुन जरुरी छ । 

जो बाइडेनले एकपटक पुनः हार स्विकार नगरेको भन्दै डोनल्ड ट्रम्पको आलोचना गरेका छन् र उनको यो व्यवहारलाई गैर जिम्मेवारीयुक्त बताएको छ । 

ट्रम्पले हार व्यवहोर्ने कुरा आफूलाई पूर्ण विश्वास भएको बाइडेनले बताएका छन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप