अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का
शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : १३
अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ ।
जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् ।
त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो ।
कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ ।
अमेरिकाको इलेक्टोरल कलेज सिस्टम अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जीतका लागि २७० मत हुन जरुरी छ ।
जो बाइडेनले एकपटक पुनः हार स्विकार नगरेको भन्दै डोनल्ड ट्रम्पको आलोचना गरेका छन् र उनको यो व्यवहारलाई गैर जिम्मेवारीयुक्त बताएको छ ।
ट्रम्पले हार व्यवहोर्ने कुरा आफूलाई पूर्ण विश्वास भएको बाइडेनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण