ला लिगाः बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो
बार्सिलोनालाई हराउँदै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अङ्क बराबरी गर्न सफल भएको छ । पराजयसँगै बार्सिलोना शीर्ष स्थानबाट ९ अंकले पछि परेको छ ।
यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो । एथ्लेटिकोका म्यानेजर डिएगो सिमिओनीले १८ औँ प्रयासमा बार्सिलोनालाई ला लिगामा पहिलो पटक पराजित गर्न सफ भएका हुन् ।
खेलमा बार्सिलोनाले डिफेन्डर जेरार्ड पिकेलाई घाइते हुँदै गुमायो । बार्सिलोनाले आठ खेलमा ११ अंक बटुल्दै लिगको १० औँ स्थानमा सिमित रहेको छ । यो सिजन बार्साको यो तेस्रो हार हो । उता, एथ्लेलिकोले भने सबै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई २४ खेल पुर्याउन सफल भएको छ ।

उता, डिफेन्डिङ च्याम्प्यिन रियल म्याड्रिड भिल्लेरियालसँग बराबरी खेल्न बाध्य बन्यो । खेलको शुरुवातमा नै मारियानोले रियललाई अग्रता दिलाए पनि खेलको अन्त्यतिर भिल्लेरियालले पेनाल्टीमार्फत खेल बराबरी गर्न सफल रह्यो ।
खेलको ७६ औँ मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीबाट गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो । ९ खेलबाट रियलले १७ अंक बटुल्दै लिगको चौथो स्थानमा रहेको छ ।
अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई ४–२ गोलअन्तरले हरायो भने लेभान्ते र ईल्चेले १–१ को बराबरी खेल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण