बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ ।
पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या ७ सयको हाराहारीमा पुगेको छ ।
बिहीबार सार्वजनिक तथ्याँक अनुसार २४ घण्टा भित्र थप ६९८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना सनाक्रमित्को ज्यान गएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म ५७ हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । अहिले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।
मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये पाँचौं स्थानमा पर्दछ भने युरोपमा बेलायत अग्र स्थानमा पर्दछ । अमेरिका, ब्राजिल, भारत, मेक्सिकोपछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ ।
यसैगरी बेलायतमा कोरोना संक्रमित हुनेको संख्या १५ लाख ७४ हजार ५६२ पुगेको छ । स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्मको तथ्याँक अनुसार २४ घन्टामा थप १७ हजार ५५५ जना नयां संक्रमित थपिएका छन् ।
यसैगरी २४ भन्टाभित्र बेलायतका हस्पिटलमा भर्ना हुने कोरोना संक्रमितको संख्या एक हजार ४३२ रहेको स्वास्थ्य विभागले जनाएको छ । अहिले १६ हजार ३४१ जनाको हस्पिटलमा उपचार भैरहेको र एक हजार ४८० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हालसम्म कुल दुई लाख ९ हजार ९१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भैसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण नियन्त्रणका लागि आगामी डिसेम्बर २ सम्म इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउनलाइ अन्त गर्दै डिसेम्बर २ बाट सरकारले तीन तहको लकडाउन नीति घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा