रोयल इन्फिल्डले क्लासिक ३५०सीसीमा ल्यायो दुई नयाँ कलर
काठमाडौं । रोयल इन्फिल्ड ब्राण्डले सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५०सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबस ब्लु र स्टर्मराइडर स्याण्ड सर्वजनिक गरेको छ ।
रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो ।
नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाइकलले युवा देखी वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।
नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५०सीसी सिंगल बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।
बीएस आईभी संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि राखिएको छ र यस्को मूल्य रु. ५,९९,९९९ मात्र राखिएको छ ।
यो मोटरसाइकल एयरबर्न ब्लु र स्टोर्मराइडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण