किसानबारे कंगानासँग भिडेका दिलजीत दोसांझले किसानलाई दान दिए १ करोड
पंजाबी गायक तथा अभिनेता दिलजीत दोसांझले दिल्लीमा आन्दोलनरत किसानलाई चिसोबाट जोगाउनका लागि एक करोड दान दिएका छन् । यो पैसाले किसानका लागि न्यानो कपडा प्रदान गरिनेछ । चिसो मौसममा पंजाबका किसान र वृद्धवृद्धा सिंघू बोर्डरमा बसेर धर्ना दिइरहेका छन् । यस्तोमा दिलजीतले चिसो मौसमलाई ध्यानमा राखेर यस्तो कदम उठाएका हुन् । यसबारे पंजाबी गायक सिंघाले भिडियो सन्देश दिएर जानकारी दिएका छन् । साथै, दिलजीतलाई उनको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।
कंगनासँग ट्वीटरमा भिडेका थिए दिलजीतः
स्मरण रहोस्, दिलजीत दोसांझ आजकाल कंगना रनौतसँग आफ्नो ट्वीटर वारका लागि चर्चामा छन् । यो वार त्यतिबेला सुरु भयो जब कंगनाले किसान आन्दोलनमा आएकी एक वृद्धालाई शाहिन बाग आन्दोलनमा भाग लिएकी हजुरआमा भनिन् र उनलाई कुनै पनि आन्दोलनमा सय रुपैयाँमा उपलब्ध बताइन् । दिलजीतलाई सो कुरा चित्त बुझेन र उनले महिलाको वास्तविक पहिचानको खुलासा गर्दै कंगनालाई कटाक्ष गरे जसले विवादको श्रृङ्खला नै बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
