शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी

बिहीबार, २५ मङ्सिर २०७७, १६ : २८
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । निर्देशक विशाल भण्डारीले नयाँ फिल्मको रुपमा ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका छन् । यस अगाडी ‘कोहलपुर एक्सप्रेस’ बनाएका निर्देशक भण्डारीको यो दोस्रो फिल्म हो । फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानलाई अनुबन्ध भएका छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ ।

हाल फिल्मको लेखन र गीत संगीतमा काम भइरहेको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा यो पहिलो सहकार्य हो । निराजनले यस अगाडि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका थिए । तर, यी फिल्मले उनको करिअरलाई उचाई दिलाउन भने सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप