इरानको समर्थनमा बोल्यो रुस
एजेन्सी । रुसले इरानका परमाणु वैज्ञानिकको हत्या विश्वमा अशान्ति फैलाउनका लागि गरिएको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लेभरोभले इरानको एक सरकारी सञ्चारमाध्यामलाई अन्तरवार्ता दिनेक्रममा सो दाबी गरेका हुन् । उनले भने,‘ रुसले उनको हत्या यस क्षेत्रमा अशान्ति पैदा गर्ने उद्देश्यले गरेको भन्ने कुरामा सहमति जनाएको छ ।’
केही हप्ताअघि इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको थियो । विदेशमन्त्री लाभ्रोभले इरान र रसिया विश्वका दुई महत्वपूर्ण देशहरुको रुपमा रहेको दाबी गर्दै यी मुलुकले दुनियामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दाबी गरे ।
इरानको सरकारी टिभी नेटवर्क वन(आइआरटिभी १)सँगको अन्तरवार्तामा उनले भनेका छन्ः ‘ हामी वैज्ञानिक मोहसिन फाखरीजादेशको हत्याको निन्दा गर्छौं । हामी यसलाई उत्तेजक आतंककारी कार्य र यो क्षेत्रमा अशान्ति सिर्जन ागर्ने प्रयासको रुपमा देख्छौं । यो पनि विदेशी सरकारको हस्तक्षेपको मुद्दा हो ।’
उनले जनवरी ३ मा लेफ्टिनेन्ट जनरले कासिम सुलेमानीको हत्यातर्फ संकेत गर्दै भने–‘ यो कुनै पनि देशका लागि स्वीकार्य छैन ।’ कुद्स फोर्सका प्रमुख जनरल सुलेमानी इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका थिए । विदेशमन्त्री लाभ्रोभले रुसी भाषामा बोलेका शब्द उक्त टेलिभिजनले फारसी भाषामा अनुवाद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण