काबुलमा बम विष्फोट, वरिष्ठ अफगान अधिकारीको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।
आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए। उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् । हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।
मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् । गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
-
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?