भारत र चीनबीच ५ बुँदे सहमति
एजेन्सी । भारत र चीनबीच सीमा सुरक्षाका विषयमा ५ बुँदे सहमति भएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले सो कुराको जानकारी दिएका हुन् । उनले दुई देशबीच भएको सहमति चाँडै कार्यान्वयनमा आउने समेत बताए । चिनियाँ दूतवासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छः ‘भिडियो कन्फ्रेन्सका रुपमा भएको बैठकमा दुवै देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।’ उक्त बैठकमा फ्रन्ट लाइनमा रहेको सैनिक र सीमामा जारी तनाव कसरी क मगर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
दुबै पक्ष संवाद जारी राख्ने विषयमा सहमत भएका छन् । समाचार एजेन्सी पिटाईका अनुसार भारतीय विदेश मन्त्रालयले यो विषयमा भनेको छ कि दुवै देशका प्रतिनिधिहरुले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखाको वरिपरि देखिएको परिस्थिथिको समीक्षा गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशबीचको सातौ र आठौ सैन्य वार्ताले सीमा स्थिरता सुनिश्चित गर्न सहयोग पुर्याएको छ । गतिरोध अन्त्य गर्न भारत र चीजले यसअघि पनि पटक पटक वार्ता गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण