अभिनेता मिथुन चक्रवर्ती अस्वस्थ
आइतबार, ०५ पुस २०७७, १९ : २६
मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा खराबी देखिएको छ । वेभ सीरिज ‘कश्मीर फाइल्स’ सुटिङका लागि मसुरी पुगेका मिथुनको स्वास्थ्यमा अचानक समस्या देखिएको समाचार एजेन्सीले जनाएका छन् । समाचारका अनुसार उनलाई अचानक झाडा पखाला लागेको थियो । चिकित्सकको एक टोलीले उनी बसेको होटल सवाईमा पुगेर उनको उपचार गरेका थिए । उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको छ ।
कामको कुरो गर्ने हो भने मिथुन पछिल्लो समय २०१९ मा थ्रिलर फिल्म ‘ताशकंत फाइल्स’ मा देखिएका थिए । फिल्ममा उनको साथमा श्वेता बासु र नसीरुद्दिन शाहको पनि अभिनय रहेको थियो । बलिउडका अलवा मिथुनले बंगाली फिल्म अभिनयमा पनि चर्चा पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण