गोदावरीबाट ‘हिँड्दा हिँड्दै’ को सुटिङ सुरु
काठमाडौं । प्रेमकथामा बन्न लागेको फिल्म ‘हिँड्दा हिँड्दै’को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिन गोदावरीमा सुटिङ राखिएको प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिए ।
मिलन आलेमगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, नव अभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको लेखन समेत पंगेनीले गरेका हुन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधीन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ रहेका छन् ।
महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडांै र गाईघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी रहनेछ । देव महर्जनले द्धन्द्ध निर्देशन रहने फिल्मको सुटिङ अवधि ३५ दिन तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण