नर्वेमा पहिरोः कम्तीमा २१ जना बेपत्ता, थुप्रै घर नष्ट
बिहीबार, १६ पुस २०७७, ०५ : ५९
नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको खबर प्रकाशित छ । थुप्रै घर माटोमा मिलेका छन् ।
लगभग ७ सय जनालाई नर्वेको गेजरड्रम गाउँबाट सुरक्षित बाहिर निकालिएको छ । यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ ।
एक व्यक्ति गम्भीर रुपमा घाइते भएको खबर छ । प्रधानमन्त्री एर्ना सोलबर्गले हाल स्थिती निकै असामान्य भएको र हेलिकोप्टरबाटै राहत–उद्धार कार्य गर्न सकिएको जानकारी दिएका छन् ।
उनले पत्रकारसँग भने, ‘यो अकल्पनीय घटना हो ।’
सोसल मिडियामा उनले भने, ‘प्राकृतिक शक्तिले गेजरड्रमलाई कसरी बर्बाद गरिदियो, यो निकै दर्दनाक छ । मेरो समवेदना हरेक ती व्यक्तिसँग छ जो यो पहलोबाट प्रभावित भएका छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण