ट्रम्पले अधिकारीलाई ११,७८० भोट मिलाइदिन आग्रह गरेको खुलासाः कल रेकर्डिङ सार्वजनिक
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक फोन रेकर्डिङ सार्वजनिक भएको छ जसमा उनी जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् ।
यो रेकर्डिङ वासिङ्टन पोस्टले जारी गरेको हो । यसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग भनिरहेका छन्, ‘म ११,७८० भोट मात्रै खोज्न चाहन्छु ।’
यस्तै रेफनस्पर्जरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताइरहेका छन् ।
डेमोक्रेट उम्मेद्वारा जो बाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जीत हाँसिल गरेका थिए । उनले कूल ३०६ इलेक्टोरल भोट जितेका थिए जबकी ट्रम्पले २३२ भोट पाएका थिए ।
मतदानलगत्तै राष्ट्रपति ट्रम्पले चुनावमा अत्यधिक मात्रामा धोका भएको आरोप लगाइरहेका छन् । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने पेश गरेका छैनन् ।
अमेरिकाका सबै ५० प्रान्तले अब चुनावी नतिजा प्रमाणित गरिदिएका छन् । केही प्रान्तमा पुनः गन्ती र अपिलपछि यस्तो गरिएको हो ।
अमेरिकाको अदालतले अहिलेसम्म जो बाइडेनको जीतविरुद्ध दर्ता गरिएको ६० याचिका रद्द गरिसकेको छ ।
अमेरिकी कांग्रेसले ६ जनवरीमा चुनाव नतिजा स्विकार गर्नेछ ।
जोन बाइडेन २० जनवरीमा अमेरिकाका राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् ।
यस्तै जर्जियामा सिनेटका दुई सिटका लागि मंगलबार मतदान हुनेछ । यो सिटको नतिजा राज्यमा सत्ता सन्तुलनलाई प्रभावित गर्नसक्छ ।
यदि डेमोक्रेट पार्टीका दुबै उम्मेद्वारले जितेको खण्डमा सिनेटमा रिपब्लिकन र डेमोक्रेट दुबै पार्टीका बराबर प्रतिनिधि हुनेछन् र तब निर्णायक भोट उप–राष्ट्रपति चुनिएकी कमला ह्यारिससँग हुनेछ ।
यस्तै कांग्रेसको तल्लो सदनमा पहिलेदेखि नै डेमोक्रेट पार्टीको बहुमत छ ।
कल रेकर्डिङमा के छ ?
वासिङ्टन पोस्टले जारी गरेको कल रेकर्डिङमा राष्ट्रपति ट्रम्पले जर्जियाका सेक्रेट्री अफ स्टेटमाथि दबाब दिइरहेको सुन्न सकिन्छ ।
आफूले जर्जियाको चुनाव जितेको कुरालाई उनले जोड दिएर भनिरहेको सुन्न सकिन्छ ।
यस्तै रेफेनस्पर्जर जवाफ दिन्छन्, ‘राष्ट्रपति महोदय, तपाईंको अगाडि चुनौती यो छ कि जुन डाटा तपाईं देखाइरहनुभएको छ, त्यो गलत छ ।’
राष्ट्रपति ट्रम्पले अधिकारीलाई सम्भावित कानूनी नतिजाको धम्की पनि दिन्छन् ।
उनी भन्छन्, ‘तिमीलाई थाहा छ, उनीहरुले के गरेका छन् ? यसबारे जानकारी नदिनु अपराध हो । तिमीले यस्तो हुन दिनेछैनौ । यो तिमी र तिम्रा अधिवक्ता रियानका लागि ठूलो खतरा हो ।’
राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरलाई राज्यको नतिजा पुनः समीक्षा गर्न आदेश दिन्छन् ।
ह्वाइट हाउसले अहिलेसम्म कल रेकर्डिङ जारी गरिएकोबारे कुनै टिप्पणी गरेको छैन ।
पूर्व रक्षामन्त्रीको ट्रम्पसँग अपिलः
अमेरिकाका १० पूर्व रक्षामन्त्रीले राष्ट्रपति ट्रम्पलाई चुनाव नतिजामाथि प्रश्न नगर्न र सेनालाई यो विवादमा समावेश नहुन अपिल गरेका छन् ।
वासिङ्टन पोस्टका लागि लेखिएको लेखमा पूर्वमन्त्रीले अमेरिकी सेनालाई चुनावको विवाद सुल्झाउन समावेश गर्ने प्रयासले देशलाई खतरनाक, गैर कानूनी र असंवैधानिक जमिनमा लिएर जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण