उत्तरकोरियामा सत्तारुढ पार्टीको काँग्रेस बैठक सुरु, उद्घाटन सम्बोधनमा के भने किमले ?
एजेन्सी । उत्तरकोरियामा पाँच वर्षपछि त्यहाँको सत्तारुढ पार्टीको महाधिवेशन (काँग्रेस बैठक) सुरु भएको छ । मंगलबारदेखि त्यहाँको सत्तारुढ दल वर्कस पार्टीको महाधिवेशन सुरु भएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार प्योङयाङमा सो पार्टीका हज्जारौ कार्यकर्ताहरु उपस्थित भएका छन् । एजेन्सीकाअनुसार महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी प्रमुख किम जोङ उनले सबैको कठोर संघर्षबाट प्राप्त आफ्नो पार्टीको सफलता र विजयीको पछि लाग्न आग्रह गरे ।
सञ्चारमाध्यामहरुका अनुसार किमले महाधिवेशनमा मुलुकको अर्थतन्त्रलाई कसरी विकास गर्ने योजना प्रस्तुत गरेका छन् । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने योजनामा समेत किम केन्द्रीत भएको बताइएको छ । किमले उत्तरकोरियाको धातु, रसायनिक, विद्युतीय र अन्य ठूला उद्योगहरूको विकासको समीक्षा गर्दै भविष्यको योजना समेत प्रस्तुत गरेका छन् । सम्बोधनमा किमले अमेरिकी राष्ट्रपति निर्वाचनपछि आएको नयाँ नेतृत्व र त्यसको समीक्षा समेत गरिरहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण