शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गर्नुभयो : झलनाथ खनाल

शनिबार, २५ पुस २०७७, १५ : ०१
शनिबार, २५ पुस २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानलाई बलात्कार गरेको बताएका छन् । उनले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको बलात्कार गरेको बताएका हुन् । 

‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, नेता खनालको भनाइ छ । 
नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो’ नेता खनालको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए । 

समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए । 
पछिल्लो निर्वाचनपछि सरकार बेनपछि केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको भन्दै समाज परिवर्तनमा कुनै ध्यान नदिएको बताए । आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएपनि उनले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङमात्र बनाएको बताए ।

 ‘आफै आफै मैमत्त, तानाशाह, र निरंकुशजस्तो बन्नुभयो । गुटको क्याविनेट बन्यो । जसले ऐतिहासिक भुमिका निर्वाह गर्न सकेन’, खनालको भनाइ थियो । ओली सरकारले दलालपँुजीवादी कार्यक्रम ल्याएको भन्दै एस म्यानलाई सभामुख बनाएर एमसीसी पास गर्ने योजनामा ओली रहेपनि त्यसलाई आफुहरुले सफल हुन नदिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप