कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण
बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् । चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो ।
कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ । यसै महिनाको शुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लुएचओबीच असमझदारी उत्पन्न भएको थियो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अवरोध गरेकामा आपत्ति जनाएका थिए । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुलाई डब्लुएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको जनाउँदै पछिल्लो समय उत्पन्न गतिरोध “असमझदारी”का कारण मात्र भएको स्पष्ट गरेका छन् ।
डब्लुएचओका विज्ञहरुले चीनमा दुई साता क्वारेन्टिनमा बस्नु पर्नेछ । उनीहरुले सन् २०१९ को अन्त्यतिर पहिलो पटक कोभिड–१९ देखिएको उहान शहरको पनि भ्रमण गर्नेछन् । संयुक्तराज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिका बारेमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।
बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोनाभाइरसको संक्रमण रोक्न चीन सरकारले आफूले गरेको प्रयत्नको प्रशंसा गरेको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण