शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केपी ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट कसैले हटाउन सक्दैन : उपप्रधानमन्त्री पोखरेल

सोमबार, २७ पुस २०७७, २२ : ०८
सोमबार, २७ पुस २०७७

बारा । केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष पदबाट कसैले हटाउन नसक्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानको मर्म अनुसार नै संसद विघटनको घोषणा गरेकाले अदालतले कुनै हिसाबले असंवैधानिक भन्न नसक्ने उपप्रधानमन्त्री पोखरेले दाबी गरेका हुन् । सोमवार नेकपा ओली समूह द्धारा बाराको सदरमुकाम कलैयामा आयोजना गरेको कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले कोभिड–१९ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताए ।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या भएकाले काठमाण्डौ जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउने उनले प्रतिवद्धता गरेका छन् ।  सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’ 

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । ‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाउन उनले आग्रह गरे । बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए ।

कार्यक्रममा नेपाल सरकारका सहरी विकास मन्त्री प्रभुु साहले देश जटिल मोडमा खडा भएको बताएका थिए । तीन बर्षअघि दुुई कम्युनिष्ट एक भएर आउँदा नेपाली जनता खुसी भएर झण्डै दुुईतिहाई मत दिएर जिताए तर ३ बर्ष नबित्दै बिभिन्न घटनाले जनता आर्जित भएको मन्त्री साहले बताए ।

तीन बर्षमा केन्द्रस्तरमा झण्डै ६५ वटा बैठक बस्यो तर कुनै पनि बैठकमा गरीबको् उत्थान, देश समृद्ध बनाउन कुरो नउठेको बरु मन्त्री, पार्टी पदाधिकारी बन्न तथा राजसिनतिक नियुक्तिको लागि मात्र लडाई भएको मन्त्री प्रभुु साहले टिप्पनी गरे ।

सो अवधिमा तलास्तरमा कुनै पनी कमिटी गठन हुन नसकेर नेताहरुको भागबण्डाको कारण मात्र जनताको सपना चकनाचुर भयो उनले गुनासो गरे । पार्टी महाधिवेसनसम्म सहमतिमा जाने प्रचण्ड र ओली बीच सम्झौता भएको बताउँदै साहले माधव नेपालको साथ पाउना साथ प्रचण्ड बहुमतको कुरो अगाडि सारेकाले पार्टी दुुई चिरा भएको बताए । 

प्रचण्ड र माधव नेपाल बहुमतको बाटोमा अगाडि बढेर प्रधानमन्त्री ओलीलाई अपदस्त गर्न खोजेको कारण संसद विघटन हुन भएको उनको भनाइ छ । पार्टीको बिना महाधिवेसन चिटिङबाट पार्टी अध्यक्ष र प्रधानमन्त्री मन्न खोज्नुुनै प्रतिगमन हो उनले भनेका थिए । सरकार र पार्टीलाई बन्धक बनाएर आफनै पार्टीको सरकार बिरुद्ध अविश्वास प्रस्ताव गराउनुु कहाँसम्म जायज छ भनेर मन्त्री साहले सोधेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप