खाने हैन त तरुल ? (फोटोफिचर)
बुधबार, २९ पुस २०७७, १५ : १८

माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ ।
माघ १ गते देश विदेशमा रहेका नेपालीहरुले मकर सङ्क्रान्ति धुमधामका साथ मनाउने गर्छन् । यसैक्रममा फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीको तराकारी बजारमा पुगेर विभिन्न प्रकारको तरुलको तस्विर कैद गरेका छन् ।