काठमाडौँ लगायत देशभर मनाइयो माघी पर्व
काठमाडौं । बिहिबार थारु जातिको मुख्य पर्व माघी काठमाडौँ लगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातीले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँ लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।
अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्षोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवारभित्र मात्रै माघी पर्व मनाइएको छ ।

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर (भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोसाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ । माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ ।
यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आशिर्वाद लिने गरिन्छ । माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनमा आफ्ना चेलिबेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ । थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिनदेखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण