बी ग्रेडको फिल्म खेल्थिन् मान्यता, बिहेपछि निर्माता बनिन्
एजेन्सी । सञ्जय दत्तकी पत्नी मान्यता प्रायः चर्चामा आइरहन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । कुनै समय त्यस्तो पनि थियो, जतिबेला मान्यता बी ग्रेडका फिल्महरुमा काम गर्थिन् । सञ्जय दत्तसँगको बिहेपछि उनको परिचय फेरिएको छ, उनी सञ्जय दत्त प्रडक्सनकी सिईओ हुन् । यस प्रडक्सनद्धारा निर्मित प्रस्थानम् र बाबा (मराठ भाषामा) गत वर्ष प्रदर्शनमा आएका थिए ।
कुनै समय भने मान्यताले आफुलाई पनि राम्रो अभिनेत्रीका रुपमा स्थापित गर्ने सपना देखेकी थिइन् । तर दत्त परिवारको बुहारी बनेपछि उनले अभिनय छाडिदिइन् । मान्यताको जन्म एक मुस्लिम परिवारमा भएको थियो । उनको नाम दिलनवाज शेख थियो र दुबईमा उनी हुर्किएकी थिइन् । बलिउडमा आएपछि उनले आफ्नो नाम सारा खान राखिन् । फिल्म उद्योगमा उनको चर्चा यही नामबाट हुन्थ्यो ।
प्रकाश झाको फिल्म ‘गंगाजल’ मा आइटम डान्स गरेपछि उनले आफ्नो नाम बदलेर मान्यता राखिन् । मान्यताले दोस्रो बिहे सञ्जय दत्तसँग गरेकी हुन् । सञ्जयभन्दा अघि उनी मेराज उर रहमानसँग वैवाहिक सम्बन्धमा थिइन् । दुुईबीच सम्बन्धमा खटपट देखिएपछि डिभोर्स भएको थियो ।
डिभोर्सको केही समयपछि मान्यताका पिताको पनि निधन भयो । यसपछि परिवारको जिम्मेवारी मान्यताको काँधमा आएकाले उनले केही फिल्ममा ध्यान दिन पाइनन् । गंगाजलको ‘अल्हड जवानी’ नामक आइटम गीतमा उनको नृत्य निकै उत्कृष्ट थियो र यसले राम्रो चर्चा पनि पायो । तर उनलाई कुनै ठूलो फिल्मबाट भने अफर आएन । उनले बी ग्रेड फिल्महरुमा काम गर्न सुरु गरिन् ।
मान्यताको फिल्म ‘लभर्स लाइक अस’ को वितरण अधिकार सञ्जय दत्तले २० लाख भारतीय रुपैयाँमा किनेका थिए । यही क्रममा उनीहरुबीच पहिलो भेटघाट भएको थियो । त्यसपछि उनीहरुबीच कुराकानी हुन थाल्यो । बिस्तारै यो कुराकानी र मित्रता प्रेम–सम्बन्धमा परिणत भयो र सन् २००८ मा उनीहरुले विवाह गरे । विवाहको समय सञ्जय ५० वर्षका थिए भने मान्यता केवल २९ वर्षकी थिइन् । अहिले मान्यता सञ्जय दत्त प्रडक्सनकी सिईओ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण