नेकपा प्रचण्ड–माधव पक्षको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेललाई कारवाही

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उदेश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित काम कारवाही गरेकाले उनलाई कारवाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए ।
त्यस्तै, माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
त्यस्तै, बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
-
नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै
-
किशोरीमाथि जबरजस्ती करणी गर्ने पक्राउ
-
दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण, ५४ जनाको मृत्यु
-
सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैन : गृहमन्त्री
-
किर्ते कागजात बनाउने कारखानामा छापा मार्दा यस्तो भेटियो, तस्बिरहरू