अभिभावकलाई आग्रह !
शनिबार, १० माघ २०७७, १२ : ०३
-तोयनाथ भट्टराई
बाटो बिराएका अभिभावक महोदय !
तिमीलाई धूमपान गर्ने आदत रहेछ
सके त्यो कुलत छोड, सक्तैनौ भने
सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ !
तिमी मापसे र लापसेको सिकार भएका रहेछौ
सकेसम्म कोसिस गर त्यो कुलतबाट मुक्त होऊ
मुक्त नहुन्जेल आजैका मितिदेखि
नशाको प्रभावमा पत्नी र सन्तानलाई यातना नदेऊ !
बालकहरु अन्जान हुन्छन्,
गल्ती कुरा सिकाएर जिन्दगी नबिगारी देऊ !
राम्ररी खुट्टा टेक्न नजान्दै
रेलिङबिनाको बार्दलीमा पुर्याएर त्यसै नछोडिदेऊ !
तिमीलाई वनभोज जान मन लाग्यो भन्दैमा
बालकलाई पोखरीमा एक्लै खेल्न नछोडिदेऊ !
तिमी साँच्चै अभिभावक हौ भने
आफ्नोभन्दा बढी सन्तानको भविष्य सोचिदेऊ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण