सलमानकी नयाँ प्रेमिका प्रज्ञा
आइतबार, ११ माघ २०७७, १९ : २६
मुम्बई । बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिम: द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ । केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् ।
फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा सलमानकी प्रेमिका बन्दैछिन् । प्रज्ञाले फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङपछि पनि सलमान र प्रज्ञा एकसाथ देखिएका छन् । तर दुबै फरक–फरक गाडीबाट उत्रिएका थिए । सलमान र प्रज्ञाले एक रोमान्टि गीत समेतसँगै गरेका छन् ।
प्रज्ञा हिन्दी फिल्मका लागि नयाँ हुन् । तर, साउथमा उनको राम्रो पहिचान छ । २०१४ मा साउथ फिल्मबाट अभिनयमा डेब्यु गरेकी उनले तेलुगु फिल्मका पनि काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण