प्रधानमन्त्री आउने पूर्वसन्ध्यामा देउखुरीमा मसाल जुलुस
प्रधानमन्त्री केपी शर्मा ओली आउनुभन्दा एक दिनअघि विरोधमा मसाल जुलुस गरिएको छ । पार्टी विभाजनसँगै प्रदेशभरिका कार्यकर्तालाई देउखुरीमा उतारेर गरिने जनसभालाई सम्बोधन गर्न नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री ओली देउखुरी आउँदै छन् ।
उनी देउखुरी आउने भएपछि देउखुरीभरि नै सुरक्षाकर्मी तैनाथ गरिए पनि नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । झण्डै एक सयको हाराहारीमा रहेका कार्यकर्र्ताले राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोकदेखि पव्लिक स्कुल लालमटियासम्म मसाल जुलुस गरेका थिए ।
संविधानबिपरीत संसद बिघटन गरेर पञ्चायती शैलीमा ओली देश दौडाहा निस्केको भन्दै नेकपा प्रचण्ड–नेपालका कार्यकर्ताहरुले मसाल जुलुस गरेको सो पार्टीका एक नेताले बताए ।
सोमवार पनि प्रदर्शनका कार्यक्रम राखिएको सो उनले जानकारी दिए ।
ओलीले कार्यकर्ता भेलालाई सम्वोधन गर्नुअघि सिसहनियाँ महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ । त्यसपछि र राप्ती गाउँपालिका २ लालमटीयामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विरोध प्रदर्शनका कार्यक्रम बढेपछि पुल उद्घाटनस्थलदेखि लालममटियाको दूरी छोटो रहे पनि हेलिकोप्टरबाटै आउने जाने ब्यवस्था मिलाइएको सुरक्षास्रोतले जनाएको छ ।
दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आह्वान गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण