अर्घाखाँचीमा बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
मङ्गलबार, १३ माघ २०७७, १७ : ४४
बुटवल । अर्घाखाँचीमा एक बाबुले छोरीको हत्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । घिमिरेले दुई वर्षीया छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।
विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीया छोरीको हत्या गरिएको बस्नेतले बताए । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण