दाङमा मापसे गरेर सवारी चलाउने साढे ४ सय चालक कार्वाहीमा
दाङ । दाङमा नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियमविपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो । दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए । प्रहरीले जाँचको क्रममा मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोबाईलमा कुराकानी गर्दै सवारी चलाउने, सिट बेल्ट नबाँध्ने सवारी चालकलाई कार्बाही गरेको छ ।
चालू वर्षको ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने ४ सय ५५ सवारी चालकलाई कार्बाही गरेको छ । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन (मापसे) भएको र अहिले पनि दिउँसोका तुलनामा रातीको समयमा बढी मापसे गरेर चलाउने गरेको पाइएको प्रमुख जिसीले जानकारी दिए ।
प्रहरीले सिटबेल्ट नबाँधेर सवारी चलाउने १२६, मोबाइलमा कुराकानी गर्दै सवारी चलाउने २१२ क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने ५ हजार २०२ सवारी कार्बाहीमा परेका छन् । दाङमा क्षमताभन्दा यात्रु तथा सवारी बोक्ने सवारी साधनमा अझ बढी देखिएको प्रमुख जिसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण