संसद ब्युतिए ओली जस्ता जन्मिदैनन् : भुसाल
वुटवल । नेकपाको प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद ब्युंटिए फेरि अर्को पार्टीमा एकलौटी काम गर्ने केपी ओली जस्ता नजन्मने बताएका छन् । मंगलबार रुपन्देहीमा सम्पादक, लेखक र बुद्धिजिवीहरुसँगको अन्तक्रियामा भुसालले संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिकरुपमा गरेको संसद विघटनलाई सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताए । उनले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठीक स्थानमा राख्ने भएको भुसालले बताए ।
नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको जानकारी दिँदै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको भन्दै ओलीले गल्ती गरेको बताए ।
नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए । उनले पार्टीमा धेरै कमी कमजोरी रहेको स्विकार गर्दै ती सबै कमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण