तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा टावर निर्माण गर्दै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २८ करोड लागतमा ‘टावर’ निर्माण गर्न सम्झौता गरेको छ । बहुउद्धेश्यीय टावर निर्माण गर्नका लागि नगर विकाससँग तुलसीपुर उपमहानगरपालिकाले काठमाडौंमा सम्झौता गरेको हो ।
सम्झौताअनुसार अब टावर निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिनेछ । २८ करोडमा निर्माण हुने टावरका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने र बाँकी ३० प्रतिशत रकम उपमहानगरपालिको आफै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
तुलसीपुर मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिन ‘टावर’ले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । ‘तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माण गरि यहाँको व्यापार व्यवसायको विकास गर्ने हाम्रो उदेश्य हो’ उनले भने । उपमहानगरपालिकाले उत्तरतर्फ सँगै रहेको पुरानो तरकारी बजार भएको ठाउँमा उक्त टावर निर्माण गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण