बुटवल उद्योग वाणिज्य संघको अधिवेशन फागुनमा
बुटवल । कोभिड–१९ महामारीका कारण गत असोजमा रोकिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन फागुनमा हुने भएको छ । कार्यसमितिको बैठकले संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन २०७७ फागुन १० देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । यस अघि संघले असोज २६–२८ मा तोकेको साधारण सभा तथा अधिवेशन कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो ।
साधारणसभा तथा अधिवेशनको मिति निर्धारण गर्दै कार्य समिति बैठकले तयारीको लागि विभिन्न विषयगत समितिसमेत गठन गरेको छ । जसअनुसार, साधारण सभा तथा निर्वाचन स्थल व्यवस्थापनको लागि कार्यसमिति सदस्य प्रकाश श्रेष्ठ, खाना तथा जलपान व्यवस्थापनको लागि कार्यसमिति सदस्य बसन्त ढकाल, किटब्याग तथा रजिष्ट्रेसन व्यवस्थापनको लागि कार्यसमिति सदस्य मुक्ति अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यस्तै, प्रस्ताव समितिको संयोजकमा कार्यसमिति सदस्य प्रतिक पोखरेल, सदस्यता मत सर्वेक्षणमा कार्यसमिति सदस्य करुण खनाल र स्वागत सत्कार व्यवस्थापनमा कार्यसमिति सदस्य धनकुमारी खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
संघको अधिवेशन सम्पन्न गर्न संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुमा पत्रकार खिमानन्द भट्टराई र अधिवक्ता गोविन्द मरासिनीलाई चयन गरिएको छ । संघले प्रत्येक तीन वर्षमा वितरण गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गर्न संघका पूर्वअध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा छनौट समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण