पाकिस्तानले चीनबाट पायो कोभिड–१९ भ्याक्सिनको पहिलो खेप
मङ्गलबार, २० माघ २०७७, ०६ : १७

चीनले पाकिस्तानलाई कोभिड–१९ को पाँच लाख खोपको पहिलो खेप प्रदान गरेको छ । पाकिस्तानमा यो हप्ताको अन्त्यदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुनेछ । भ्याक्सिन सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई लगाइनेछ ।
चीन सरकारको स्वामित्व रहेको सिनोपार्म कम्पनीको यो भ्याक्सिन सेनाको विमानबाट ल्याइएको हो ।
कमजोर स्वास्थ्य प्रणाली र २० करोड जनसंख्या भएको पाकिस्तानमा कोभिड–१९ का कारण लगभग १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यद्यपि, पाकिस्तानमा महामारीको असर सोचेभन्दा कम नै देखिएको छ ।
पाकिस्तानी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय स्तरमा चलाइँदै गरेको कोभ्याक्स योजनाअन्तर्गत उनीहरुले एस्ट्राजेनेकाका १ करोड ७० लाख डोज पनि पाउने वाला छन् । कोभ्याक्सन योजना अन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा गरिब देशलाई भ्याक्सिन वितरण गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन